३१ जेठ,काठमाण्डौ – फुटको संघारमा रहेको नेकपा एमालेले आँउदो असार २ गतेका लागी पार्टी स्थाई कमिटी बैठक बोलाएको छ ।
आईतबार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीचको छलफलपछि आँउदो असार २ बुधबार गतेका लागि बैठक बोलाइएको ओली निकट श्रोतले जनाएको छ । ओलीले आफुले गल्ति गरेको प्रति पस्चाताप गर्न के गर्ने भन्ने बिषयमा महासचिव पोखरेलसहितका नेताहरुसंग छलफल गरेको बुझिएको छ ।
त्यस्तै आगामी बैठकमा बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल निकटलाई पनि सहभागी गराउने र नेपालको एजेण्डालाई स्विकार गर्नेबारे पनि छलफल भएको थियो । ओली समुहको छलफलपछी नेपाल र खनाल निकटलाई पनि बैठकमा बोलार्यने भएको छ ।
त्यस्तै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पनी बैठकमा माधव नेपाल समूहलाई पनि बोलाइएने जनाएका छन् । प्रवक्ता ज्ञवालीले भने बैठकमा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने जानकारी दिए ।
संस्थापन पक्षले आँउदो २ गतेको बैठक अगाडि नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी समेत गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar