३१ जेठ,काठमाण्डौ – शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन ।
जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न गत जेठ २५ मा बोर्डसँग अनुमति मागेको हो ।
बोर्डले अनुमति दिएपश्चात इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ । त्यस्तै, विकास बैंक अन्तर्गतको एक्सेल डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ ।
संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । संस्थाले गत जेठ २७ मा बोर्डमा फाइल पठाएको हो । यससँगै बोर्डले स्वीकृति दिएपश्चात संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सेयरधनीहरुमा हकप्रद सेयर जारी गर्ने जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar