३० जेठ,पोखरा – गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् । यसअघी एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ । सोहि कारण आफुले राजीनामा दिएको घिमिरेले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar