२८ जेठ,पोखरा – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।
नयाँ सरकार गठन प्रक्रियाका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज केहिबेरअघी मुख्यमन्त्रीको दावी पेश गरेका हुन् ।
पोखरेलसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । पोखरेललाई सहयोग गर्न स्वतन्त्र सांसद राजिव गुरुङ दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् ।
पोखरेलसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागी यस्तो छ संवैधानिक प्रक्रिया
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar