२७ जेठ,काठमाण्डौ – नेपाल सेवा लघुवित्त वित्तीय संस्था मेलम्ची १३, सिन्धुपाल्चोक तथा विन लघुवित्त वित्तीय संस्था गल्छी धादिङ एक आपसमा गाभ्ने – गाभिने प्रयोजनका लागि अन्तिम सम्झौता सम्पन्न भएको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्षद्वय मदनगोपाल श्रेष्ठ र रेणु स्थापितद्वारा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुबै संस्थाका मर्जर समितिबाट सञ्चालक समितिमा सिफारिस भएबमोजिम सो सम्झौता सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा मर्जर समितिका सदस्य कुमारराज जोशी, एन्जिला न्यौपाने, रेनु बज्राचार्य, नन्दिका प्रधान, विन लघुवित्त वित्तीय संस्थाका सञ्चालक रमा मास्के साथमा नेपाल सेवा तथा विन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्य र अमृत विष्टको उपस्थिति रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar