२७ जेठ,काठमाण्डौ – गत वैशाख १६ मा निषेधाज्ञा शुरु भएपछिको एक महिनामा मात्र २ सय ११ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् ।
ओरेक नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार महिला तथा बालबालिका बलात्कार तथा घरेलु हिंसाको शिकार भएका हुन् । ओरेक नेपालले २ वटा हटलाइन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, महिला सामुदायिक संघसंस्था र सञ्चार माध्यमबाट सो तथ्यांक संकलन गरेको जानकारी दिएको छ ।
त्यस्तै जेठ १५ भन्दा पछिमात्रै १ सय ३ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ०७८ वैशाख महिनामा खुन डाँका, आत्महत्या दुरुत्साहन र गर्भ संरक्षण विरुद्ध ७ सय ११ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
आत्महत्या सम्बन्धी ५ सय ९१ घटना दर्ता भएका छन् । देशभर १ सय ४६ वटा चोरीका घटना भएका छन् । सामाजिक अपराध अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक हित विरुद्धको कसुर, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित ५ सय ८६ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar