२६ जेठ,धादिङ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले पत्रकार बिकास रौनियारको चरित्र हत्या हुने गरि सामाजिक संजालमा लेख्नेलाई कार्वाही गर्न माग गरेको छ ।
हिमालयन टेलिभिजनका पत्रकार रौनियारले धादिङको चेपाङ बस्तिमा भोकमरी, शिर्षकमा समाचार लेखेको विषयमा बेनीघाट रोराङ ८ का राजेन्द्र दुध राज नाम गरेका व्यक्तिले आफ्नो फेसबुकमा पत्रकार रौनियारको चरित्र हत्या गर्ने गरि लेखेको भन्दै महासंघले विज्ञप्ती जारी गर्दै दोषी उपर छानविन गरि कार्वाही गर्न माग गरेका हुन् ।
त्यस्तै प्रेस युनियन धादिङले पनि पत्रकार रौनियारको चरित्र हत्या गर्ने गरि लेखेको भन्दै बुधबार प्रेस बिज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएको थियो । हाल राजेन्द्र दुध राजले भने उक्त स्टाटस आफ्नो फेसबुकबाट हटाएका छन् ।
विज्ञप्तीको पूर्ण पाठ
प्रेस विज्ञप्ति
मितिः २०७८।०२।२६
नेपाल पत्रकार महासंघ धादिङ शाखाका सदस्य एवं हिमालय टेलिभिजनका धादिङ संवाददाता विकास रौनियारलाई समाचारको विषयलाई लिएर वेनिघाट रोराङ गाउँपालिकाका एक स्थानियले सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या हुने गरि प्रयोग भएको शव्दप्रति नेपाल पत्रकार महासंघ धादिङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
मिति २०७८।०२।२४ गते हिमालय टेलिभिजनमा प्रशारित चेपाङ समुदायमा खाद्यान्न अभाव विषयक भिडियो समाचारलाई लिएर पत्रकार रौनियारको चरित्रहत्या हुने गरि सामाजिक सञ्जालमा लेखेका थिए ।
प्रसारित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यस उपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चरित्रहत्या हुने र आत्म सम्मानमा चोट पुग्ने किसिमले लेख्नु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ धादिङ शाखा पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यस्ता कृयाकलापको भर्त्सना गर्दछ । अवका दिनमा पनि कसैले पत्रकारको मर्यादित पेशा र समाचार प्रति यस्ता प्रकारका टिप्पणी नगर्न सचेत पनि गराउन चाहन्छ र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन गर्ने र प्रकाशन र प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग पनि गर्दछ ।राजाराम शर्मा
अध्यक्ष
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar