२६ जेठ,धादिङ – धादिङको फुटबल खेलाडी सुमन श्रेष्ठ आँखुखोलामा डुबेर बेपत्ता भएका छन् ।
नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय फुटबल खेलाडी श्रेष्ठ पौडी खेल्ने क्रममा टारीबेसी स्थित आँखु खोलामा डुबेर वेपत्ता भएका हुन् ।
श्रेष्ठ आज बुधवार, बिहान ८ बजे साथीहरुसँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका थिए । त्यहि क्रममा आँखुखोलाले बगाएर वेपत्ता पारेको प्रहरीले जनाएको छ । अहिले स्थानीयहरुको सहयोगमा प्रहरीले खोजकार्य जारी राखेको छ ।
बेपत्ता श्रेष्ठ धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिगसमेत खेलेका खेलाडी हुन् । त्यस्तै हिजो मंगलबार मात्रै गजुरी स्थित त्रिशुली नदीमा १ जना र ज्वालामुखी खण्ड बुढीगण्डकी नदीमा डुवेर ३ जना वेपत्ता भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar