२६ जेठ,काठमाण्डौ – प्रतिनिधिसभा विघटनको मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेपछी न्यायाधीशहरूले आन्तरिक छलफल शुरु गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरु गरेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
बहसको सुरुमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वर खतिवडाले सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ रु’ जसमा थापाले विश्वासको मत नै नलिएको प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गरेका थिए ।
शम्भु थापाको बहस सकिएपछि बहस रोकेर प्रधानन्यायाधीश र चारजना न्यायाधीश आन्तरिक छलफलमा जुटेका हुन् । आन्तरिक छलफल पछि पुनः बहस शुरु हुने बताईएको छ । आन्तरिक छलफलपछि अन्तरिम आदेश दिने नदिनेबारे निर्णय हुनसक्ने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar