नेपाली टेलिशृंखलामा जंगली मानवको चरित्रमा आधारित पात्रको परिचय बनाएका सुलेमान शंकर ‘इकु’ ले हाँस्यशृंखला ‘इकुपिताङ’ ल्याउन लागेका छन् ।
उनलाई दर्शकले ‘इकुपिताङ’ मार्फत सानोपर्दामा देख्न पाउने भएका हुन् । शृंखलामा ‘इकु’ को भूमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ ले शृंखला ‘इकुपिताङ’ बनाएका हुन् । शृंखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’ को भूमिकामा पनि उनी आफै देखिनेछन् । शृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन भट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुशल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको जनाइएको छ । योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत शृंखलामा समेटिएको छ ।
हुन त केहीअघि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो शृंखला ‘हल्का रमाइलो’ को केही भागमा ‘इकु’ लाई प्रस्तुत गरेका थिए । शृंखलामा केही नयाँपन दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्का रमाइलो’ मा अहिले भने ‘इकु’ को कथा सकिएको छ । ग्ल्योबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडीबाट असारको दोस्रो साताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’ पछि सुलेमानले ‘इकु’ लाई चलचित्रमा प्रस्तुत गर्दा समेत दर्शकले मनपराएका थिए ।
दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाख्दा निकै खुसी लागेको कलाकार सुलेमानले बताए । उनले भने, ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सधै भन्नुहुन्थ्यो । दर्शकको चाहनानुसार नै ‘इकुपिताङ’ निर्माण भएको छ ।’
‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जीवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ पहिलेझैँ जंगली पात्रको रुपमा ‘इकु’ लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाई रहेको छ ।
राजु पौडेल र मदन महर्जनको छायांकन र रवीन बजगाईको सम्पादन रहेको शृंखला असार दोस्रो साताबाट प्रसारणमा आउनेछ सुलेमानले बताए । शृंखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar