विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल ग्रह र चन्द्रमामा जीवन सम्भव छ या छैन भन्ने विषयमा धेरै अध्ययन चलिरहेका छन् ।
यसैबीच इन्टरनेशनल स्पेस स्टेशन अर्थात (आईएसएस) मा रहेका एस्ट्रोनट्स्हरुका लागि ताजा तरकारी पठाइएको छ । यसमा यसमा चिनियाँ साग पाक चोई पनि समावेश छ ।
पाक चोई साग निकै स्वादिस्ट र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । स्पेन स्टेशनमा एस्ट्रोनट्सहरुले गार्लिक पेस्ट र सस मिसाएर यसको मज्जा लिइरहेका छन्, त्यसको फोटो नासाले शेयर गरेको छ ।
यसरी अन्तरिक्ष पु-याइएको तरकारीमध्ये केही तरकारी अन्तरिक्ष स्टेशनमा पनि उमार्ने योजना छ । स्पेस स्टेशनमा साग उमार्ने यस नौलो प्रयोगलाई Veg-03K र Veg-03L नाम दिइएको छ । यस प्रयोगअन्तर्गत तोरी र पाक चोई उमारिनेछ । हप्किन्सले दुबै तरकारीलाई १३ अप्रिलमा स्पेस स्टेशनमा पहिलोपटक लगाएका थिए । यो तरकारी ६४ दिनसम्म हुर्कने अपेक्षा गरिएको छ ।
The @SpaceX #Dragon docked to the Harmony module's space-facing port at 5:09am ET this morning while traveling more than 250 miles over the South Pacific ocean. More… https://t.co/jg2dpEUgrW pic.twitter.com/IlvuXAH54j
— International Space Station (@Space_Station) June 5, 2021
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar