२३ जेठ,काठमाण्डौ – नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल समुहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।
हिजो (आइतवार) राति प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ससर्त पार्टीलाई जेठ ३ मा फर्काउने निर्णय लिएपछि खनाल – नेपाल समुहले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो । खनाल नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्न आज बैठक बोलाइएको जानकारी दिइन् । उनले भनिन् – ‘औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।’
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ । उहाँले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गर्नु भएको प्रस्ट हुन्छ । केपी ओलीको जुन रवैया देखिएको छ । जस्तो मान्छेलाई सरकारमा सामेल अगाडि गइराख्नु भएको छ । त्यसले त सिद्धियो नि रु ?, उनी भन्छिन् ।
ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको शाक्यले बताइन् । उनले भनिन् – ‘यस्तो अवस्थामा कसरी साथ दिन सकिन्छ भन्या ? अब त झन झन मिल्न गाह्रो भइरहेको छ । एउटा एउटा फण्डा झिकेर अलमल्याउने काम भइरहेको छ । अब हामी अलमलिदैनौं । हामी भ्रममा छैनौं ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar