२१ जेठ, काठमाण्डौ – हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
धादिङको बनीघाट रोराङ गाँउपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो ।
कम्पनिका प्रतिनिधिले सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन ।
धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ । हुवासिनले गत वर्ष धादिङ जिल्ला प्रशासन कार्यलय तथा विभिन्न गाउपालिकामा रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
उद्योगले ताल्ति स्वास्थ चाैकिकाे क्वारेन्टाइन निर्माणमा 2 लाख र बेनिघाट गा.पालाई 5 लाख नगद पनि सहयाेग गरेकाे थियाे । विगत तिन वर्ष अघिदेखि निर्माण कार्य शुरू गरेपनि बाढी र महामारीको कारण उद्योगले ठुलाे आर्थिक मार खेप्दै अाएकाे छ । उद्योगको निर्माण कार्य अन्तिम चरण रहेपनि लकडाउन तथा महामारीको प्रकाेप कारण प्रभावित बनेकाे छ ।
उद्योगले एक विज्ञप्ति मार्फत यस कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । उद्योगका उप- महाप्रबन्धक डिल्लीराज पाेख्रेलले मानवजातिमाथिकाे यस चुनाैतिकाे सामना आपसी सहयोग तथा स्वास्थ मापदण्डकाे पुर्ण पालनालेमात्रै सम्भव हुन सक्ने भन्दै सरकारलाई थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रयासरत रहेको जनाएका छन ।।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar