२० जेठ,काठमाण्डौ – ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिग कम्पनि प्रालि र भाजुरत्न ट्रेडिग कम्पनि प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।
सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैया राहत रकम प्रदान गरेको छ । सहयोगकै क्रममा क्रियसन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सनट्रेटरस् र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैया बराबरको ५ थान अक्सिजन कन्सनट्रेटरस् सहयोग उपलब्ध गराएको छ ।
यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पेपर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि एनविआईलाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनि नोभिएरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।
त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २ सय ५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar