१९ जेठ,काठमाण्डौ – बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिर रहेको छ ।
बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ । सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने एक हजार ३६० रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रति तोला १० रुपैयाँले बढी थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar