१८ जेठ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा संसद विघटनपछी फुटको संघारमा पुगेको नेकपा एमाले पुनः एकढिक्का हुने शंकेत देखिएको छ ।
सोमबार मध्यरातमा दरबारमार्गस्थित याक एन्ड यतिमा एमाले ओली समुह र बरिष्ठ नेता नेपाल समुहबीचको गोप्य छलफलले एकता जोगाउने भन्ने विषयमा कुराकानी गरेको थियो । खासगरी नेपाल पक्षले एमाले २ जेठ, ०७५ को पूर्ववत अवस्थामा फर्काउने विषयमा कुराकानी चलेको थियो भने ओली समुहले पनि नेपाल समुहको उक्त एजेण्डा सकारात्मक रहेको भन्दै छलफललाई अगाडी बढाएको थियो ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदिप ज्ञवाली सहभागी थिए भने नेता माधवकुमार नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी रहेका थिए। एमाले बिभाजनको बाटोमा जान नदिनका लागि मध्यमार्गी सहमतिको बाटो निकाल्नु पर्ने दुवै पक्षका नेताको पहल छ। यद्धपी वार्ताको प्रगति बारे भने औपचारिक जानकारी आएको छैन।
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा पार्टीका दुई पक्षका दोस्रो तहका नेताबीच सोमबार मध्यराती वार्ताले केहि रुपसम्म सकारात्मक शंकेत देखिएको ओली निकट श्रोतले जनाएको छ । यसैबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्ने भएको छ।
दुई दिनसम्म सरेको उक्त बैठकमा स्पष्टिकरण सोधिएका नेपाल पक्षका १२ नेतालाई कारबाही गर्ने कि नगर्ने भन्ने एजेन्डा प्रस्तुत हुने बताइन्छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar