१८ जेठ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमा नभई प्रधानमन्त्रकिो कालोसोचमा रहेको जवाफ दिएका छन् ।
सोमबार युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेपछि शर्माले समस्या कालो कोटमाभन्दा प्रधानमन्त्रीको कालो सोचमा रहेको जवाफ दिएका हुन् ।
संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा ओलीले आपत्ति जनाएका थिए ।
शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’
त्यस्तै प्रधानमन्त्री ओलीले, संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुलाई वर्तमान न्यायालयका काम कारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा भन्दै प्रश्नसमेत गरेका थिए । त्यस्तै काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति नदिन पनि ओलीलाई आग्रह गरेका छन् ।
‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब,’ शर्माले भनेका छन् ।
`कालो कोट´ मा होइन `कालो सोच´ मा समस्या छ @PM_Nepal ….!
ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैब निन्दनीय हुन्छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 31, 2021
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar