१६ जेठ,काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा सर्वोच्च अदालतले आज (आइतबार) पनि सुनुवाइ गर्दै छ ।
संवैधानिक इजलासमा शुक्रबारदेखि सुनुवाइ सुरु भए पनि बहस नसकिएकाले आज पनि सुनुवाइ हुने भएको हो । शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु भएको थियो।
प्रधानन्यायाधीश जबराको एकल इजलासले बिहीबार १९ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि थप सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबारदेखि सुरु भएको हो । शुक्रबारको बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले सवैधानिक इजलास गठनमाथि प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
इजलासले एउटा रिटमा बढीमा १० मिनेटसम्म मात्र बहस गर्न समय तोकेको छ। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar