१५ जेठ,काठमाण्डौ – प्रतिनिधि सभाको दुईपटक विघटन गरि मध्यावधि चुनाव घोषणा गरिसकेपछि राष्ट्रपति विद्या देवि भण्डारीले देशमा कोरोना विरुद्धको खोप भित्र्याउन सक्रियता थालेकि छिन् ।
यो साता मात्रै भण्डारीले भारत र चिनसंग पत्राचार तथा फोन वार्ता गरेर खोप उपलब्ध गराइदिन माग राखेकि थिईन्। भने अब अमेरिकी समकक्षी जो बाइडेनलाई पनि उनले पत्राचार मार्फत् खोप सहयोग गर्न आग्रह गरेकि छिन् । अमेरिकास्थित नेपाली राजदूत डा.युवराज खतिवडाले राष्ट्रपति भण्डारीले पत्राचार गरेको पत्र अमेरिकी विदेश मन्त्रालयलाई बुझाएको दूतावासले जनाएको छ ।
त्यस्तै, डा. खतिवडाले अमेरिकाले विदेशी मुलुकलाई दिने पाँच अर्ब डलरको करिब आठ करोड डोज खोपको विषयमा नेपालले पनि पाउने दावि गरेका छन् । नेपाली समाचार एजेन्सीसंग कुरा गर्दै डा.खतिवडाले अमेरिकी सरकारले युएसआइडीमार्फत् नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरिरहेकोले खोप दिने पनि निश्चित भएको विश्वास राखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar