१५ जेठ,काठमाण्डौ – बढ्दो कोरोना जोखिमका कारण कतिपय चिकित्सकहरुले कोरोना संक्रमित भएको आशंकामा बिरामीहरुको उपचार र हेरचाहमा ध्यान नदिएको समेत गुनाशो गर्ने गरेका छन् ।
कोरोना माहामारीका बेला चिकित्सकहरले विरामीको उपचार गर्न आनाकानी गरिरहेका बेला शुक्रबार मात्र बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि त विरामीका आफन्तले आक्रमण नै गरे ।
तर धादिङको बेनिघाट रोराङ गाँउपालिका मलेखुस्थित् राजमार्ग सामुदायिक अस्पतालका चिकित्सक डा.सञ्जय यादवलाई भने एक कोरोना संक्रमित् बिरामीले उपचारपस्चात् भगवानको संज्ञा दिएका छन् ।
गत केहि दिनअघीमात्र निमोनियाको समस्यापछी पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएका धादिङ चरौंदीका एक युवाले कोरोना संक्रमणपस्चात् उपचारका क्रममा अस्पतालमा रहँदा डा. यादवले गरेको मायालु व्यबहारका कारण आफुले कोरोना परास्त गरेको भन्दै सामाजिक संजालमा उल्लेख गरेका हुन् ।
केहिदिन अघीमात्र उनले फेसबुकमा लेख्दै भनेका छन् – ‘डाक्टर भगवान हुन भन्ने कुरा कोरोना भाईरस अर्थात् कोभिड – १९ संग जुधदै गर्दा राजमार्ग सामुदायिक अस्पतालका डाक्टर सन्जय यादव मा अनुभव गर्न पाए। विषम परिस्थितिमा पिसिआर पोजेटिभ आएपछी नर्सहरुले समेत हामिलाई छुन नखोजेको समयमा आफैले ईन्जेक्सन ल्याएर डोज मिलाएर आफैले लगाइदिनु भयो।
बुवाको मृत्यको शोक र सबैजनाको कोरोना संक्रमणको माहौल, जिम्मेवारीमा बसेका मान्छेहरुले जिम्मेवारी लिन सक्दैनौ, आफै ब्यबस्था गर्नुस जस्ता निच अभिब्यक्ती पनि दिए। त्यस्तो अवस्थामा मनोबल उच्च राख्न हौसला दिनु भयो। तपाईंलाई येसरी नै अघि बढदै सफलताको शिखर चुम्दै जानुस। उस् यु अ वेटर फ्युचर सर साथै विषम परिस्थितिमा विभिन्न तबरले सहयोग गर्नुहुने साथिभाई , अग्रज ब्याक्तित्वहरुलाई मनैबाट धन्यबाद दिन चाहन्छु। तपाईहरुको सहयोग जिबनपर्यन्त मनमा रहिरहनेछ। साच्चै मानबता निकै सुन्दर चिज रहेछ। कोरोनाले मानबताको राम्रो पाठ सिकायेको छ। सबै मिलि आफ्नो आफ्नो ठाउँबाट सकेजती सहयोग गरौ। मिलेर लडौ। जित अबस्य मानबताकै हुनेछ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar