१५ जेठ,काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले डिल्ली लंवा लिम्बुसहित ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी छन् ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७७/४/१९ मा भएको परमादेश (रिट नं. ०७६-WO-०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/२/१३ गतेको सिफारिसमा मिति २०७८र२र१५ गते देखि लागू हुने कैदीहरुको भुक्तान हुन बाँकी कैद घट्टा भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar