१४ जेठ,काठमाण्डौ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
नेप्सेले कम्पनीको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार २ सय ५ रुपैयाँ निर्धारण भएको छ ।
कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय ३५ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले जेठ २८ गते बस्ने वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभाले लाभांश प्रस्ताव पारित गर्दैछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज शुक्रबार (जेठ १४ गते) नै बुक क्लोज गरेको छ । तसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar