१३ जेठ,काठमाण्डौ – नेकपा एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन अपिल गरेको छ ।
बुधबार खनाल नेपाल समुहका १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीको निरंकुश र प्रतिगामी काम कारबाहीविरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् । ‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा सहमति जनाएका योगेश भट्टराई र गोकर्ण विष्टको पनि विज्ञप्तिमा नामसमेत उल्लेख छ । केही दिन मौन देखिएका भट्टराई र विष्टले नेपाल समूहलाई छोडेको अनुमान गरिएको भएपनि उक्त विज्ञप्तिले भट्टराई र विष्टलाई नेपाल समूहमै रहेको पुष्टि गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar