१० जेठ,काठमाण्डौ – नेकपा एमालेले आज पार्टी स्थाई कमिटी बैठक बोलाएको छ ।
आज (सोमबार) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाईएको नेताहरुले बताएका हुन् । राष्ट्रियसभाको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्वारलाई मत नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालगायतका नेतालाई सोधेको स्पष्टीकरणका बारेमा थप निर्णय गर्न आज बैठक बोलाइएको नेताहरुले बताएका छन् ।
गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन् । उता एमालेकै नेता नेपाल पक्षले पनि प्रतिनिधिसभा विघटनको विरोध गरिरहेको छ । त्यस्तै आजको बैठकमा विपक्षी गठबन्धनले आफू र राष्ट्रपतिविरुद्ध दर्ता गराउन खोजेको रिटलगायतका आगामी रणनीतिका बारेमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्ने बताइएको छ ।
यस्तै पार्टीको निर्देशनविपरीत विपक्षी गठबन्धनलाई प्रधानन्त्री बनाउन सहयोग गरेको पनि सो समूहमाथि एमाले संस्थापन पक्षको आरोप छ । यसअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित ११ जनालाई २ दिनको समयसीमा दिएर स्पष्टीकरण सोधेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar