१० जेठ,काठमाण्डौ – जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले सय प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई १ बराबर १ को अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ ।
यसअघि, कम्पनीले हकप्रद निष्कासन गर्न आवेदन दिएपनि लामो समयसम्म आवश्यक विवरण उपलब्ध नगराएको भन्दै धितोपत्र बोर्डले पाइपलाइनबाट हटाएको थियो । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar