९ जेठ,कालिकोट – नेपाल टेलिकम कालिकोटको कार्यालयमा ताला लगाएको छ ।
लामो समयदेखि कालिकोटमा फोर जि सेवा संचालन नहुँदा विद्यार्थीहरुको अनलाईन कक्षा समेत प्रभावित हुँदा अनेरास्ववीयू र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले टेलिकमको कार्यालयमा ताला लगाएका हुन् ।
दुवै संगठनले सयुक्त रुपमा विज्ञप्ती निकाल्दै अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् । विज्ञप्तीमा लेखिएको छ विश्व मानव नै कोरोनाको महामारीमा गुर्जिरहेको बेला कालिकोटमा रहेका विद्याथीहरुका समस्यालाई यहाँका सरोकारवाला निकायले ध्यान नदिएको प्रति अनेरास्ववीयू र अखिल क्रान्तिकारी विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा लेखिएको छ ।
कालिकोटमा अवरुद्ध फोर जि सेवा संचालनका लागि विभिन्न निकायमा ज्ञापन पत्र पेश गरेपनी हाल सम्म कुनै पहल कदमी नहुँदा टेलिकमको कार्यालयमा ताला लगाउन बाद्य भएको अनेरास्ववीयू का केन्द्रिय सदस्य हिक्मतजंग मल्ले बताएका छन् । उनले भने निशेषधाज्ञा जारी भएसंगै इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाईन कक्षा संचालन हुन सकेका छैनन् । यस्का कारण बालवालिकाको पढाई तथा अन्य कामकाज ठप्प हुँदा अनिश्चितकालका लागि तालावन्दि गरेको बताएका हुन ।
सिंगो जिल्ला कोरोना महामारीको चपेटामा परिरहेको बेला नेपाल टेलिकमको कार्यालय कालिकोटले जिल्लाका नागरिक र विद्यार्थीहरुको जिवनमाथि खेलवाड गरेकाले कार्यालयमा ताला लगाउन बाद्य भएको अखिल क्रान्तिकारी विद्यार्थि संगठनका केन्द्रिय सदस्य भिम प्रसाद आचार्यले बताएका छन् ।
अवको दुई दिनभित्र पुन फोर जि सेवा संचालन नगरिएमा सिंगो विद्यार्थी संगठन कडा रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar