८ जेठ,काठमाण्डौ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी ओलीको ईसारामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि आज शनिबार विहान भट्टराईले ट्वीटरमा प्रतिक्रिया दिँदै यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन् ।
त्यस्तै भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिले घोषणा गरेकोनिर्वाचन, मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएकोसमेत टिप्पणी गरेका छन् ।
भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली – विद्या कुकर्म ! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो। एकजुट होऊॅ : प्रतिवाद गरौं !
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar