७ जेठ,काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।
राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।
धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar