७ जेठ,काठमाण्डौ – सत्तारुढ दल नेकपा एमालेले माधव नेपाल निकटका २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी फेरी कारबाही गर्ने भएको छ ।
आज (शुक्रबार), नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी फेरी कारबाही गर्ने तयारी गरेको एमाले श्रोतले जनाएको छ ।
उता आजै उक्त सूचना राष्ट्रपति कार्यालयमासमेत पठाएको छ । उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar