७ जेठ,काठमाण्डौ – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आजको बैठकमा नेताहरुबीच आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै भनाभन भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेताहरुबीच आफ्नो हस्ताक्षरको विषयलाई लिएर भनाभन भएपछी एजेन्डामै प्रवेश नगरि आजको बैठक सकिएको हो । त्यस्तै अर्को बैठकको मिति तय गरेर फेरि बस्नेगरी सकिएको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए ।
स्रोतका अनुसार बैठकमा नेता माधवकुमार नेपाल पक्षले प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुहरुको हस्ताक्षर लगेर दुरुपयोग गरेको विषय उठाएका थिए । सोहि विषयलाई लिएर नेपाल पक्षबाट कार्यदलका रहेका नेताहरुले केही नेताहरुले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका थिए ।
कार्यदलमा नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा ५ र केपी ओेली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा ५ गरी १० जना सदस्य छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar