७ जेठ,काठमाण्डौ – नेकपा एमालेका सांसद जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सांसदको सूचीमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई जानकारी पत्र पठाएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले आफू एमालेको सांसद रहेको र आफ्नो अध्यक्षको विरुद्धका विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको उनले पत्रमा उल्लेख गरेका छन् ।
माधव नेपाल पक्षका राई गत वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन भने अनुपस्थित थिए । राईले पहिलेकै हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar