७ जेठ,काठमाण्डौ – संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि प्रधानमन्त्रीको दावी गर्न नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पनि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।
कांग्रेसका सभापति देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar