७ जेठ,काठमाण्डौ – सरकारको दाबी गर्न शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति बिदादेवी भण्डारीलाई कुरेर बसिरहेका छन् ।
१४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका हुन् । राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए ।
विपक्षी काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहका १४९ सांसदहरुको हस्ताक्षर सहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेताहरु शीतलनिवास पुगेका हुन् ।
संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत नभएर व्यक्तिगत मतका आधारमा सरकार बनाउन मिल्ने भएकाले माधव नेपाल पक्षका सांसदहरुले पनि वैकल्पिक सरकारका लागि हस्ताक्षर गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar