७ जेठ,काठमाण्डौ – अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड (५० मिलियन डलर) पुगेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका हुन् ।
कोभिड-१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ ।
‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड-१९ महामारीविरुद्ध लड्न दक्षिण एसियाली मुलुकलाई सहयोग गर्छ’ उनले भनेका छन् ।
महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिँदै ब्लिंकेनले सहायताको पहिलो खेप चाँडै आउने समेत जनाएका छन् ।
अमेरिकी सहयोग नियोग युएसएडले अत्यावश्यक स्वास्थ्य सामाग्रीलाई चाँडै नेपालमा एयरलिफ्ट गर्ने सन्दर्भमा अमेरिकी विदेश मन्त्रीको उक्त जानकारी बाहिर आएको हो ।
The U.S. is rapidly responding to Nepal’s COVID-19 surge with our first shipment in a series of critical equipment deliveries to protect healthcare workers. Our assistance to Nepal now exceeds $50M and builds on our commitment to help South Asia combat the pandemic. https://t.co/ZRh6mzW6ow
— Secretary Antony Blinken (@SecBlinken) May 20, 2021
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar