७ जेठ,काठमाण्डौ – संविधान संशोधनका विषयमा सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।
शुक्रबार, सरकार र जनता समाजवादी पार्टी (जसपा) को महन्त ठाकुर राजेन्द्र महतो पक्षबीच संविधान संशोधन कार्यदल बनाउने सहमति भएको हो ।
उक्त सहमति अनुसार सरकारी पक्षबाट विष्णु रिमाल, अग्नि खरेल लगायत र राजपाको तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला लगायत रहेका छन् । त्यस्तै कार्यदलले विभिन्न पक्षहरुसँग छलफल गरेर संविधान संशोधनका विषयमा प्रतिवेदन दिने राजपा अध्यक्ष राजेन्द्र महतोले उल्लेख गरेका छन् ।
शुक्रबार सिंहदरबारमा आफू पक्षीय संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै महतोले प्रधानमन्त्री केपी शर्मा ओली आफूले उठाएको माग र मुद्दा सम्बोधन गर्न तयार रहेको बताए ।
यस्तै आफूले उठाएको माग सम्बोधन गर्दै नागरिकतासम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओली सहमति भएको जानकारी दिए । मधेस आन्दोलनका क्रममा पक्राउ परेका १ सय २० जनाको मुद्दा फिर्ता लिएको र अन्य बन्दीहरुको विधि प्रक्रिया पूरा अन्य साथीलाई छोड्ने सहमति भएको उनको भनाइ छ ।
यसैबीच जसपा सरकारमा नजानेसमेत नेता महतोले दावी गरेका छन् । आफ्नो माग सम्बोधन गर्ने प्रधानमन्त्रीलाई समर्थन गरेपनि जसपा सरकारको दौडमा नरहेको उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar