७ जेठ,काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय असंवैधानिक भएको बताएका छन् ।
डा. लोहनीले सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीको उक्त निर्णयले कोभिड – १९ संकटको पिडामा रहेको नेपाललाई अर्को महासंकटमा धकेलेको बताएका हुन् ।
‘राष्ट्रपतिको निर्णय असंवैधानिक छ । कोरोना संकटको पिडामा रहेका नेपालीहरूमाथि अर्को माहा संकटतिर धकेलेको छ। यो देशको लागि दुर्भाग्यपूर्ण छ र यसको विरोध गर्नुपर्दछ,’ डा. लोहनीले लेखेका छन् ।
राष्ट्रपति भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आह्वान गरेकी थिइन् । त्यसको सबैतिरबाट विरोध भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar