७ जेठ,काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यदल बैठक अन्योलमा परेको छ ।
हिजो (बिहिबार)लाई तय गरिएको कार्यदल बैठक राष्ट्रिय सभा सदस्य उपननिर्वाचनका कारण बस्न नसकेपछी अन्योलमा परेको हो । पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदल बैठक बिहीबार बस्न सकेन भने बुधबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
राष्ट्रिय सभा सदस्य उपननिर्वाचनमा पार्टीभित्रै दुई समूह देखिएपछि विवाद समाधानका लागि गठित कार्यदल बैठक अन्योलमा परेको नेताहरुले बताउने गरेका छन् ।
एमाले नेता एवं कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बैठक विशेष कारण बिहीबार बस्न नसकेको बताए । बैठक आज शुक्रबार दिउँसो बस्ने उनले जानकारी दिए ।
एमाले नेता एवं कार्यदलका अर्का सदस्य रघुजी पन्तले अन्य सदस्य व्यस्त भएकाले बैठक आजका लागि सारिएको प्रस्ट पारे । आज बैठक बसेर पार्टी एकता विषयमा छलफल हुने उनको कथन छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar