७ जेठ,काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले उर्जामा लगानी बढाउन विद्युत व्यापार कम्पनी स्थापना गर्ने प्रस्ताव उर्जा मन्त्रालयमा पेश गरेकोछ ।
हाल नेपाल विद्युत प्राधिकरणले कतिपय विद्युत कम्पनीसँग खरिद सम्झौता (पिपिए) गर्न नसकेको भन्दै निफ्राले यो प्रस्ताव पेश गरेको हो । पिपिए हुन नसक्दा केही आयोजनाको काम अघि बढन सकेको छैन । निफ्राका सिइओ रामकृष्ण खतिवडाले विद्युत ब्यापारका लागि हाल छुट्टै कम्पनी जरुरत रहेको बताएका छन । उनले निफ्रा, विद्युत प्राधिकरण, सरकार, बैंक तथा वित्तीय संस्था र भारत तथा बंगलादेशका कम्पनी समेतको लगानी हुनेगरी नयाँ कम्पनी खोल्न सकिने प्रस्ताव राखिएको बताए ।
प्रस्तावित कम्पनीले हाल पिपिए हुन नसकेका कम्पनीसँग पिपिए गर्ने, ती आयोजनाको विद्युत उत्पादन र प्रशारण लाइन निर्माणसमेतलाई सहयोग पु¥र्याउने र भारत तथा बंगलादेशमा बजारीकरण गर्ने प्रस्तावमा उल्लेख छ । ‘सेती करिडोर, कर्णाली, भेरि करिडोर लगायतमा ठूला आयोजनाको बिजुली थप हुने भएको हुँदा ती आयोजनाको डिपिआर तयार भए पनि पिपिए नभएर अड्किएको अवस्थामा यो प्रभावकारी हुने अपेक्षा कम्पनीले गरेको छ ।
करिब ४५ सय मेगावाटका परियोजनामा लगानी जुटाउन समेत विद्युत खरिद बिक्री सम्झौता (पिपिए) महत्वपूर्ण मानिन्छ । तर पिपिए नहुँदा लगानी जुटाउने काम समेत रोकिएको छ । प्रस्तावित विद्युत व्यापार कम्पनीले पिपिएमा नै केही मार्जिन राखेर कम्पनी संचालन गरी नाफा आर्जन गर्ने उल्लेख छ ।
नयाँ कम्पनीले स्वदेशमा बिजुली बिक्री गर्ने नभई विद्युत प्राधिकरणलाई नै प्रतिस्पर्धी देखेको छ । विद्युत खरिद तथा बिक्री गर्दा ठूलो मात्रामा बैंक जमानत तथा सोसँग सम्वन्धित वित्तीय उपकरणको प्रयोग गर्नुपर्ने भएकोले निफ्राले अन्य बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय बैंक तथा संस्थाहरुसँग सहज रुपमा सहकार्य गर्ने उदेश्य राखेको छ ।
भारतमा पनि सरकारी र निजी दुवै क्षेत्र मिलेर विद्युत व्यापार गरिरहेकाले नेपालमा पनि सोअनुसार गर्न सकिने निफ्राको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar