६ जेठ,बारा – बाराको करैयामाई गाउँपालिकाले विशेष गाउँ सभा सम्पन्न गरेको छ ।
बिहिबार गाउँपालिका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा सम्पन्न विशेष गाउँ सभाले आर्थिक वर्ष २०७७/0७८ को गाउँपालिकाको नीति तथा कार्यक्रमको अधारमा आर्थिक वर्ष २०७७/0७८ को लागि कुल ४४ करोड ५५ लाख ४३ हजार ५ सय पचास रूपैयाँको अनुमानित बजेट ल्याएको छ ।
सो विशेष गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले आर्थिक वर्ष २०७७/0७८ को गाउँपालिकाको नीति तथा कार्यक्रमको अधारमा आर्थिक वर्ष २०७७/0७८ को लागिअनुमानित बजेट सो विशेष गाउँ सभामा प्रस्तुत गरेकी हुन् ।
विशेष गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद यादव वडा अध्यक्ष लगायत गाउँ कार्यपालिका सदस्य, वडा सदस्य गाउँपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारीहरू बुद्धिजीवी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar