४ जेठ,काठमाण्डौ – नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५९ करोड २० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो वर्षको भन्दा ५६.०३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कोषले ३७ करोड ९४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसअवधिमा कोषको ब्याज आम्दानी, सेवा शुल्क, कमिसन आम्दानी तथा लाभांश आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।
एक वर्षको अवधिमा ब्याज आम्दानी १२ करोड ४३ लाख ६३ रुपैयाँ बढेर १८ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्ले वर्ष कोषले ५ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष ६१ करोड ६२ लाख रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी यस वर्ष ७९ करोड २ लाख रुपैयाँ पुगेको छ । विधि आम्दानी १६ लाखबाट १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ९८ अर्ब १४ करोड ६१ लाख ७३ हजार रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १३ अर्ब ६० करोड ७३ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ । लगानी कोषको प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ रहेको चैत मसान्त सम्मको वित्तीय बिवरणमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar