३१ बैशाख,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुबीच अहिले सिंहदरबारमा वार्ता जारी छ ।
विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच अहिले सिंहदरबारमा वार्ता भइरहेको हो । ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको छ ।
जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ति विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए । हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले बताए । ओलीसँगको वार्ताबारे आज नेता नेपालले पहिला स्थायी समिति र पछि केन्द्रीय समितिका आफुपक्षीय नेताहरुसँग परामर्श गरेका थिए ।
हिजो नेता नेपाल र ओलीबीच भएको कुराकानीमा ओलीले बजेट ल्याउनुपर्ने भएकाले चाडै विश्वासको मत लिनुपर्ने अवस्था आउने बताएका थिए । सो बुझेर माधव पक्षले विश्वासको मत लिनुअघि नै पार्टीका समस्या सम्बोधन गर्नुपर्ने अडान ओली समक्ष राखेको बुझिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar