३१ बैशाख,काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको माधव नेपाल समूहले धोका दिएको भनेर टिप्पणी गर्न नमिल्ने बताएका छन् ।
संसद भवनमा कोरोनाविरुद्धको खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अहिले नै धोका दिएको भन्न नमिल्ने बताए । ‘धोका भन्ने शब्द म प्रयोग गर्न चाहन्न, उहाँहरु भित्र केही समस्या पक्कै भए होलान्। उहाँहरु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै रहनुभएको हुनाले अहिल्यै नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लाग्या छ ।’ उनले भने,‘म आशा गर्छु कि उहाँहरु संविधान, लोकतन्त्र र सत्यको पक्षमा संघर्ष अघि बढाउनुहुन्छ र हाम्रो एकैठाउँमा फेरि भेट हुन्छ ।’
केपी ओलीको विस्थापनका लागि वैकल्पिक सरकार गठन गर्न राजीनामा गरेरै भएपनि साथ दिने आश्वासन दिएको माधव समूह अन्ततः पछि हटेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar