३० बैशाख,काठमाण्डौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता भएलगत्तै देउवाले आफ्नै निवासमा ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन् । यसलाई माधव समूहका नेताले सकारात्मक भनेर प्रतिक्रिया दिएका छन् ।
यता नेपाल निकट कानुन व्यवसायीहरुले उनलाई राजीनामा नगर्न सुझाव दिएका छन् । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने नेता भीम रावलले बताएका छन् । यी सबै परिस्थिति र समीकरणहरुबारे छलफल गरी पार्टीबाट निर्णय गराउन देउवाले बैठक बोलाएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar