३० बैशाख,काठमाण्डौ – नेकपा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल निकट अनेरास्ववियुकी महासचिव आरती लामाले अनेरास्ववियुको अध्यक्ष नबिना लामा यथावत नभएसम्म आफुहरु सहमत नहुने बताएकी छिन् ।
बिहिवार अकास्मात् पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच आकस्मिक भेटबार्ताका क्रममा महासचिव लामाले फेसबुक मार्फत् यस्तो बताएकी हुन् । चार नेतामाथिको कथित कारवाही फिर्ताले मात्र नपुग्ने भन्दै ०७५ जेठ ३ अघि पार्टी नपुगी पार्टी एकताको औचित्य नरहने समेत बताएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन् – ‘चार नेतामाथिको कथित कारवाही फिर्ताले पुग्दैन, ०७५ जेठ ३ अघि पार्टी नपुगी र साथै अनेरास्ववियुको अध्यक्ष नबिना लामा नभए सम्म हामी अगि बढ्न सक्दैनौ१ कुरो किल्यर छ । ‘
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar