३० बैशाख,काठमाण्डौ – बढ्दो कोरोना प्रभावका कारण सानिमा जनरल इन्स्योरेन्सले आफ्नो तेस्रो साधारण सभा स्थगित गरेको छ ।
कम्पनीले जेठ ११ मंगलबार काठमाडौँको आम्रपाली ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको थियो । कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि बुक क्लोज मितिमा कुनै परिवर्तन नहुने गरि साधारणसभा स्थगित गरेको हो ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख २९ देखि जेठ ११ गत्तेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा सभामा सहभागि हुन पाउनेछन् ।
सभामा आर्थिक वर्ष ७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar