३० बैशाख,काठमाण्डौ – नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.३६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीले २४ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यो आम्दानी ३५.४९ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो आम्दानी १८ अर्ब ४१ करोड रुपैयाँमा सीमित थियो ।
हाल चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड रुपैयाँ, इन्स्योरेन्स कोषमा १ खरब ७ अर्ब रुपैयाँ र महाबिपत्ति जगेडामा ५९ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफामा बृद्धिभएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेकोमा अहिले त्यो घटेर ९ रुपैया ३८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar