३० बैशाख,काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरी नगरपालिकाले एक साता आफ्नो नगरपालिकामा पुर्ण लकडाउन लगाउने भएको छ ।
हिजो बैसाख २९ गते नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखी जेठ ७ गते बिहान ७ बजेसम्म नगरपालिका क्षेत्रमा पुर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
यस अवधिभर घरबाट बाहिर हिँडडुल गर्न पुर्णरुपमा रोक लगाईने छ भने अस्पताल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्यसेवाहरु पुर्णरुपमा बन्द हुनेछन् । नगरपालिका क्षेत्रभित्रका सम्पुर्ण बैंक तथा वित्तिय संस्था,सरकारी कार्यलयहरु, खाद्यान्न पसल, मासु पसल, तरकारी तथा फलफुल पसल,र्निमाण सामाग्रि पसल र सम्पुर्ण सरकारी कार्यलयहरु समेत बन्द रहने जनाइएको छ ।
यो एक साताको सिल अवधि पछि भने जिल्ला प्रशासन कार्यलय काठमाण्डौले बैसाख २८ गते जारी गरेको आदेश बमोजिम निषेधाज्ञा कार्यन्यन हुने जनाईएको छ । साथै भेरोसिलको दोस्रो डोज लगाउने कार्यमा भने पहिलो डोज लगाएको खोपकार्डका आधारमा मात्र खोप केन्द्र सम्म जान दिईने नगर प्रमुख गिरीले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar