२९ बैशाख,काठमाण्डौ – नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
मंगलबार कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको तयारी थालेका बेला एमाले नेता नेपालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच सत्ता समीकरणका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र वैकल्पिक सरकार गठनबारे सहमति जुटाउने र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको विकल्पबारे छलफल भएको स्रोतले बतायो । देउवा निवास बूढानीलकण्ठमा मंगलबार बेलुका भएको भेटवार्तामा नेता भीम रावल पनि सहभागी थिए ।
यसअघि नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो सरकार गठन प्रक्रियाभन्दा पनि अध्यक्ष ओलीलाई आफ्ना सर्त मनाउनतर्फ केन्द्रित हुनुपर्ने विषयमा बैठक केन्द्रित रहेको थियो । स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार बैठक नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउँदै एमालेको एकतालाई मजबुद बनाउने विषयमा केन्द्रित रहेको थियो ।
यता मंगलबार नै बसेको कांग्रेस पदाधिकारी बैठकले भने एमालेको नेपाल पक्षलाई समेटर नयाँ सरकार गठनको प्रक्रियामा अघि बढाउने निर्णय गरेको थियो । नयाँ सरकार गठनका लागि अग्रसरता लिएको कांग्रेसले जसपाको महन्थ ठकुर पक्षलाई मनाए र एमालेको नेपाल पक्षको साथ जुटाए सरकार गठन गर्ने सकिने निष्कर्ष निकालेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar