२८ बैशाख,धादिङ – कोरोना भाईरस संक्रमणको दोश्रो लहर शुरु भएपछी सरकारले गरेको निषेधाज्ञाको क्रममा पृथ्वी राजमार्गमा थप कडाई गरिएको छ ।
पृथ्वी राजमार्गमा अनावश्यक रुपमा मोटरसाईकल तथा हिँडडुल गर्नथालेपछी पृथ्वी राजमार्गका विभिन्न स्थानमा प्रहरीले थप कडाइ गरेको हो । त्यस्तै राजमार्गमा अनावश्यक हिँडडुल गर्नेहरुलाई प्रथम पटक चेतावनी स्वरुप होल्ड गराईएको समेत प्रहरीले जनाएको छ ।
मलेखु स्थित् प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहायक निरिक्षक (असै) शुवोध सापकोटाका अनुसार आज (मंगलवार) दिँउसो मात्र मलेखु बजारमा एक सय मोटरसाईकल होल्ड गराईएको थियो । उनिहरुलाइ अनावश्यक हिँडडुल नगर्न प्रहरीले सुझाएको समेत सापकोटाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar