२८ बैशाख,काठमाण्डौ – जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा कुनै पनि पक्षलाई सहयोग नगर्ने भएका छन् ।
अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गर्दै सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य नगर्ने बताएका छन् । ठाकुरले एक जिम्मेवार राजनैतिक पार्टीको नाताले जसपा नेपाल मधेसी, आदिवासी, जनजाति, थारु, दलित महिला, मुस्लिम लगायतका सीमान्तकृत, शोषित, पीडित, उपेक्षित समुदायको एजेन्डा सम्बोधनका लागि निरन्तर सङ्घर्ष गर्ने जनाएका छन् ।
त्यससंगै उक्त लिखित जानकारी आज राष्ट्रपतिलाई बुझाउने महन्थ पक्षको भनाई छ । यदि जसपाका १५ सांसदले तटस्थ भूमिका खेलेको अवस्थामा प्रधानमन्त्री केपी आली नै पुन नियुक्त हुने छन् । किनभने सरकार गठनका लागी काँग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव गठबन्धन भए पनि बहुमत पुग्दैन ।
हाल प्रतिनिधि सभामा कायम रहेको सदस्य सङ्ख्या २७१ हो । सरकार बनाउन जम्मा १३६ मत चाहिन्छ । विपक्षी गठबन्धन भएमा पुग्ने मत भनेको १२४ मात्रै हो । विपक्षीलाई महन्थ नेतृत्वको जसपाले साथ नदिएको खण्डमा उनीहरूलाई सरकार गठन गर्न अंकगणितले साथ दिदैंन । जसपश्चात् राष्ट्रपतिले संविधानको धारा ७६ (३) मा प्रवेश गरेर पुन ओलीलाई नै संसद्मा सबैभन्दा ठुलो दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
तर यहाँ जसपा तटस्थ बसिदिए पनि ओलीलाई अर्को बेफाइदा हुने देखिन्छ । अर्थात् एमालेकै माधव समूहले सामूहिक राजीनामा दिए । संसद्मा सांसदको सङ्ख्या घट्ने छ । जसपश्चात् विपक्षीले गठबन्धन बनाइ सङ्ख्या पुर्योउने सम्भावना हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar